News ए डिभिजन लिगको छैठौं चरणका खेलहरु चैत २० गतेदेखि
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ए डिभिजन लिगतर्फ छैठौं चरणदेखि १३औं चरणसम्मको लिगको खेलतालिका सार्वजनिक गरेको छ । एन्फाले सार्वजनिक गरेको खेलतालिका अन्ुसार छैठौं चरणको खेलहरु यही चैत २० गतेदेखि शुरु हुँदैछन् ।

छैठौं चरणतर्फको पहिलो दिन दुई खेलहरु हुनेछन् । जसअनुसार संकटा क्लबले खुमलटार एफसीसँग एन्फा कम्प्लेक्समा खेल्नेछ भने एपिएफ फुटबल क्लबले नेपाल पुलिस क्लबसँग च्यासल स्टेडियममा खेल्नेछ । दुवै खेलहरु दिनको २ बजेदेखि शुरु हुनेछन् । लिगको १३औं चरणका खेलहरु भने नयाँ वर्ष २०८०को बैशाख १६ गतेका दिन हुनेछन् ।

स्मरण रहोस, पाँचौ चरणको खेलहरु समाप्तीसम्म ५ खेलबाट १२ अंक जोडेको सातदोबाटो शिर्ष स्थानमा छ । समान ११–११ अंक जोडेका मनाङ र चर्च ब्वाईज क्रमशः दोस्रो र तेस्रो स्थानमा छन । त्यस्तै २ र १ अंक मात्र जोडेका न्युरोडटिम (एनआरटी) र नेपाल पुलिस क्लबभने रेलिगेशन क्षेत्रको १२ र १३औं स्थानमा छन् ।

लिगको ६ देखि १३औं चरणसम्मको खेलतालिका हेर्नुहोस्ः

Post Comments