News बिरगंज युनाइटेड सेमिफाइनलमा
गोलनेपाल

सिरहा । साँघुरो जितका साथ बिरगंज युनाइटेड यहाँ जारी शहिद हेमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल खेलतर्फ बिरगंजले बागमती युवा क्लबलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

सिरहा क्याम्पसको खेलमैदानमा भएको खेलमा बिरगंजका लागि अमर डंगोलले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता डंगोल नै खेलको म्यान अफ द म्याच चुनिए । उनले त्यसवापत नगद ३ हजार र ट्रफी हात पारे ।

सलहेश युवा क्लब, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments