News गाईघाट शहिद हेमनारायण गोल्डकपको अन्तिम चारमा
गोलनेपाल

सिरहा । गाईघाट फुटबल क्लब यहाँ जारी शहिद हेमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो क्वाटरफाइनलतर्फ गाईघाटले मा कामाख्या स्पोर्टस क्लब, बनारस (भारत) लाई टाईब्रेकरमा हराउँदै गाईघाट अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि सिरहा क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेको थिए । टाईब्रेकरमा भने गाईघाटले नतिजा ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा पराजित मा कामाख्या स्पोर्टसका रोहन कुमार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार बापत नगद ३ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत २० गते सोमबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक सलहेश युवा क्लब, सिरहा र हेटौडा फुटबल एकेडेमी, मकवानपुरबीच हुने आयोजकले जानकारी दियो ।

Post Comments