News लहान मेयर गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

लहान । हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजनामा यही चैत २२ गतेदेखि शुरु हुन गईरहेको लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष शम्भु चौधरीले जानकारी दिएका छन् ।

श्री पशुपति आदर्श माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा क्लब, सर्लाही र माँ कामाख्या स्पोर्टस क्लब, बनारस (भारत) भिड्ने छन् । कुल ९ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत ३० गतेका दिन हुनेछ ।

लहान नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको विशेष सहयोगीमा कस्तुरी युवा क्लब, लहान, सिरहा रहेको छ । त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा भने गोलनेपाल डटकम रहेको छ ।

Post Comments