News आयोजक सलहेश र बिरगंज उपाधिका लागि भिड्ने
गोलनेपाल

सिरहा । आयोजक सलहेश युवा क्लब, सिरहा र बिरगंज युनाइटेड जारी शहिद हेमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । बुधबार भएको दोस्रो सेमिफाइनलमा सलहेशले गाईघाट फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

सिरहा क्याम्पसको खेलमैदानमा भएको खेलमा सलहेशका लागि यानिकले एक मात्र निर्णायक गोल गरे । सलहेशले चैत २४ गते हुने फाइनलमा बिरगंज युनाइटेडसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । स्मरण रहोस, बिरगंजले पहिलो सेमिफाइनलतर्फ प्लानिङ ब्वाईज युनाइटेडलाई ६–० को फराकिलो अन्तरले हराउँदै यसअघि नै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

सलहेश युवा क्लबको आयोजना, सिरहा नगरपालिकाको विशेष तथा सिरहा जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।

Post Comments