News उत्कृष्ट जितका साथ बिरगंज लहान मेयर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

लहान । प्रभावशाली जित हात पार्दै बिरगंज युनाइटेड जारी लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

श्री पशुपति आदर्श माविको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलतर्फ बिरगंजले इटहरी शान्तिनगर फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तरगत चैत २४ गते शुक्रबारको खेल क्षमादेवी प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं र चात्या सा पुस्तकालय, दमक, झापाबीच हुने आयोजकले जानकारी दियो ।

हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजना तथा लहान नगरपालिका, सिरहाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल चैत ३० गतेका दिन हुनेछ ।

Post Comments