News छैठौं स्मार्ट भिलेज गोल्डकप बैशाख पहिलो सातादेखि (खेलतालिकासहित)
गोलनेपाल

घलेगाउँ । पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज, घलेगाउँ, लमजुङको आयोजनामा आउँदो बैशाख १ गतेदेखि शुरु हुने छैठौं स्मार्ट भिलेज गोल्डकपको तयारी पूरा भएको छ । आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरेको छ ।

क्वहोलासोंथार गाउँपालिका–३, घलेगाउँ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बैशाख १ गतेका दिन एपिएफ र नेपाल भानु युनाइटेड, तनहुँ भिड्ने छन् । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने बैशाख ८ गतेका दिन हुनेछ ।

विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments