News शिर्ष स्थानमा उक्लियो सातदोबाटो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको सातदोबाटो युथ क्लब लिगतालिकाको फेरि शिर्ष स्थानमा उक्लिएको छ । ब्धबार सम्पन्न लिगतर्फको आफ्नो आठौं खेलमा सातदोबाटोले मनाङ मस्र्याङ्दी क्लबमाथि १–० को जित निकाल्दै शिर्ष स्थानमा कब्जा जमाएको हो ।

दशरथ रंगाशालामा भएको खेलको ४०औं मिनटमा दिपक राज सिंह ठकुरीले गरेको एक मात्र गोल सातदोबाटोलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो जितसँगै ८ खेलबाट १६ अंक जोडेको सातदोबाटो शिर्ष स्थानमा उक्लिएको छ । पराजित मनाङ भने १५ अंकका साथ दोस्रो स्थानमा खस्किएको छ ।

Post Comments