News आमासँगै हेर्न गए लिगमा आज प्रवेश निःशुल्क
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ मिडिया, मार्केटिङ, टिकटिङ र डिटिजल पार्टनर रहेको एमडीएसी स्पोर्टस प्रा.लि.ले आज माता तीर्थ औंसीको अवसर पारी साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुने चर्च ब्वाईज युनाइटेड र सातदोबाटो युथ क्लबबीचको खेलमा आमासँगै आउने छोरा वा छोरीलाई प्रवेश निःशुल्क दिने घोषणा गरेको छ ।

एमडीएसी स्पोर्टसले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत माता तीर्थ औंसीको शुभकामना दिंदै सो अवसरबारे जानकारी गराएको हो । स्मरण रहोस, एमडीएसीले यसअघि नारी दिवसको अवसर पारेर पनि एक दिन महिलाहरुलाई प्रवेश निःशुल्क गरेको थियो ।

लिग अन्तरगत आज दुई खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्समा ३ बजेदेखि शुरु हुने खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन् भने साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाईज युनाइटेड क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् ।

 

Post Comments