
तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा लाग्दै आएको ऐतिहासिक आठराई मदन मेला २०८० बिहीबारदेखि सुरु भएको छ ।
आठराई गाउँपालिकाले आयोजना गरेको मेलामा महिला तथा पुरुष फुटबल लगायत विभिन्न ८ वटा प्रतियोगितालाई समावेश गरिएको छ । स्थानीय त्रिमोहन माविको प्रांगणमा आयोजित मेलाको उद्घाटन सहरी विकास मन्त्री सीता गुरुङले एक समारोहका बीच गरेकी थिइन् ।
फुटबलको पुरुषतर्फ २२ वटा टिमले सहभागिता जनाएका छन् । विजेता टिमले नगद २ लाख र ट्रफी पाउँदा उपविजेताले नगद १ लाख ३० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यस्तै, महिला फुटबलतर्फ ४ वटा टोलीले सहभागिता जनाउने भएका छन् । विजेताले नगद ८० हजार र उपविजेताले नगद ५० हजार र ट्रफी पाउने आयोजकले जनाएको छ ।
यस्तै, गाउँपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रमतर्फ खुल्ला पुरुष नृत्य प्रतियोगिता, धान नाच प्रतियोगिता, पुरुष ब्याडमिनटन डबल, महिला ब्याडमिन्टन सिंगल, खुल्ला कविता वाचन प्रतियोगिता र लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको छ । पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार र ट्रफी पाउने छ । अन्य खेलकुद तथा सांस्कृति प्रतियोगिताका विजेता र उपविजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आज स्थानीय व्यापारी समूह र गाउँपालिका मातहतका कर्मचारी समूहबीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा व्यापारी समूह १-० गोलले विजयी भएको छ ।
खेल सुरु भएको केही सेकेण्डभित्रै भएको गोल नै निर्णायक बनेको थियो । जसमा व्यपारी समूहका लागि सञ्जोग घिमिरेको प्रहार गोलमा परिणत भएको थियो । भोलि (शुक्रबार) पुरुषतर्फका पाँच वटा खेल सञ्चालन हुनेछन् । आज भएको उद्घाटन कार्यक्रम आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमको अध्यक्षतामा भएको थियो ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न