News साँघुरो जितका साथ भोजपुर फाइनलमा
गोलनेपाल

जन्तेढुङ्गा । साँघुरो जित हात पार्दै भोजपुर जिल्ला फुटबल संघ यहाँ जारी प्रथम जन्तेढुङ्गा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाइनल भिडन्ततर्फ भोजपुरले घरेलु टोली जन्तेढुङ्गा फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । भोजपुरका लागि सन्तोष तामाङले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता तामाङ खेलको म्यान अफ द म्याच पनि चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

जन्तेढुङ्गा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५५,५०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments