News बसाहालाई जन्तेढुङ्गा गोल्डकपको उपाधि
गोलनेपाल

जन्तेढुङ्गा । साँघुरो जितका साथ प्रथम जन्तेढुङ्गा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि बसाहा फुटबल क्लबले जितेको छ । फाइनलमा भोजपुर जिल्ला फुटबल संघलाई शून्यका विरुद्ध १ गोलले हराउँदै बसाहा च्याम्पियन बनेको हो ।

विजेता बनेको बसाहाले उपाधिसहित नगद २,५५,५०० हात पार्यो भने उपविजेता भोजपुरले १?५५,५०० सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी उमेश कार्की चुनिए । उत्कृष्ट गोलरक्षक कुमार गुरुङ्ग बन्दा उत्कृष्ट डिफेन्डर युवराज थापा घोषित भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर विवेक राई बन्दा उत्कृष्ट फरवार्ड ओस्कार घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे ।

जन्तेढुङ्गा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका दुई टोली जन्तेढुङ्गा फुटबल क्लब र भगवती स्पोर्टस क्लबले पनि नगद ५०–५० हजार हात पारे ।

 

Post Comments