News बागलुङमा दोस्रो चिल्ड्रेन लाईफ कप शुरु
गोलनेपाल

बागलुङ । मंगलबारदेखि शुरु दोस्रो चिल्ड्रेन लाईफ अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा आयोजक चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल र गणेश मावि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बाङ्गेचौर खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले अमृत आदर्श एकेडेमीलाई ६–० को फराकिलो अन्तरले पराजित गर्यो । चिल्ड्रेन लाईफको लागि म्यान अफ द समेत घोषित अजय थापाले ह्याट्रिक गरे भने राजिव श्रीस, सरोज क्षेत्री र लोकेन्द्र पुनले समान १–१ गोल गरे ।

त्यस्तै दोस्रो खेलमा फ्युचर ब्राइचर मावि उपस्थित नभएपछि गणेश मावि बलेवा वाकओभर नियमका रुपमा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने खेल संयोजक दिपक थापाले बताए ।

प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगर उपप्रमुख सुरेन्द्र खड्काले एक कार्यक्रमका बचि गरेका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य विजयराज पन्त, जिल्ला शिक्षा समन्वय इकाईका शाखा अधिकृत कृष्णराज रेग्मी, प्याब्सन बागलुङका उपाध्यक्ष दलबहादुर थापा लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।

Post Comments