News गोरखामा एसइइ कप हुँदै
गोलनेपाल

गोरखा । मोफसलमा रहेर युथ फुटबलमा सक्रिय द ओसन क्लब, गोरखाको आयोजनामा यही बैशाख १७ र १८ गतेका दिन एसइइ कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा २०७९ सालमा एसइइ दिएर बसेका विद्यार्थी खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजक क्लबका सचिव सबिन खत्रीले जानकारी दिए ।

गोरखा नगरपालिका–९, दलभञ्ज्याङ स्थित आयोजक क्लबको कृत्रिम घाँसे खेलमैदानमा हुने प्रतियोगितामा २० भन्दा बढी टोलीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दियो । इच्छुक टोलीहरुले यही बैशाख १६ गते साँझसम्म टिमदर्ता गर्न सकिने बताइएको छ । साथै टिमदर्ता शुल्क २ हजार तोकिएको छ ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए । उत्कृष्ट खेलाडीहरुलाई +२ का लागि छात्रवृत्तिको व्यवस्था पनि गरिएको अध्यक्ष खत्रीले बताए ।

Post Comments