News टेन स्टार राष्ट्रिय भेट्रान्स कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

कावासोती । टेन स्टार क्लब, कावासेती–१७, नवलपुरको आयोजनामा यही बैशाख २२ गतेदेखि शुरु हुन गईरहेको टेन स्टार भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । कावासोती–१७ स्थित श्री सरस्वती माविको खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको खेल संयोजक पुष्प रत्न महतोले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा इन्डिजिनियस भेट्रान्स, काठमाडौं र नवलपुर–११ भेट्रान्स भिड्ने पनि खेल संयोजक महतोले बताए । कुल ११ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख २७ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष प्रेम नारायण महतोले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments