News दोस्रो लेगका खेलहरु आजदेखि, दुई टोलीको शिर्षताको होड
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आजदेखि दोस्रो लेगका खेलहरु शुरु हुँदैछन् । दिनको ३ बजेदेखि शुरु हुने एन्फा कम्प्लेक्समा लिगलिडर जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्दैछ भने सोही समयमा च्यासल स्टेडियममा हुने खेलमा दोस्रो स्थानको टोली थ्रीस्टार क्लबले एफसी खुमलटारसँग भिड्दै छ ।

लिगतालिकामा १३ खेलबाट २४ अंकका साथ शिर्ष स्थानमा रहेको जावलाखेलले आज त्यो शिर्षतालाई कायम राख्दै अंक दुरी पनि बढाउने रणनीतिका साथ मैदानमा उत्रिनेछ । यद्यपि पछिल्लो समय लयमा देखिएको पुछारको टोली पुलिस क्लबले जावलाखेलमाथि पनि सनसनीपूर्ण नतिजा निकाल्ने दाउमा हुनेछ । १२ अंकका साथ पुछारमा रहेको पुलिसले आजको खेलमा आफू अनुकुल नतिजा निकाल्न सके रेलिगेशन क्षेत्रबाट बाहिर निस्किने अवसर पनि छ ।

उता २२ अंकका साथ दोस्रो स्थानमा रहेको थ्रीस्टारसँग पनि आज शिर्ष स्थानमा उक्लिने अवसर छ । वा आफु अनुकुल नतिजा निस्किए थ्रीस्टारको शिर्षताको दावेदारी पनि बलियो बन्नेछ । त्यस्तै १३ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा रहेको खुमलटार पनि आज जित निकाल्दै रेलिगेशन क्षेत्रबाट बाहिर निस्किन प्रयासरत रहनेछ । त्यसैले पनि आजको दुवै खेलहरु रोमाञ्चक हुने अनुमान गरिएको छ ।

 

Post Comments