News लिगमा आज मच्छिन्द्र र संकटाको 'हेभिवेट टक्कर'
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबार यस सिजन मिश्रित प्रदर्शन गरिरहेका दुई हेभिवेट टोली मँिच्छन्द्र फुटबल क्लब र संकटा क्लब भिड्दै छन् । दशरथ रंगशालामा ३ बजेदेखि शुरु हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

लिगमा अहिलेसम्म १३ खेलबाट ४ जित मात्र निकालेको संकटा १६ अंकका साथ लिगतालिकाको १०औं स्थानमा छ । मच्छिन्द्र भने १८ अंकका साथ आठौं स्थानमा छ । दुवै टोलीको आजको उद्देश्य निश्चित जित हात पार्दै शिर्ष तीनका टोलीहरुलाई आउँदा खेलहरुमा दबाब दिनु र स्थान सुधार गर्नु पनि हुनेछ ।

बिहीबार नै ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र न्युरोडटिम (एनआरटी) पनि भिड्दै छन् । हाल १६ अंकका साथ ११औं स्थानमा रहेको एनआरटी र १८ अंकका साथ सातौं स्थानमा रहेको एपिएफको आजको लक्ष्य पनि निश्चित जित हुनेछ ।

Post Comments