News लिगमा विभागीय भिडन्त र दुई हेभिवेट भिडन्त आज
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार तीन खेलहरु हुँदै छन् । च्यासल स्टेडियममा दिनको ३ बजेदेखि शुरु हुने खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब भिड्दै छन् । १९ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा रहेको पुलिस आज सिजनको छैठौं जितका साथ रेलिगेशन क्षेत्र छाड्ने प्रयासमा हुनेछ । यद्यपि २२ अंकका साथ दशौं स्थानमा रहेको एपिएफसँगको भिड्न्त पुलिसका लागि त्यति सहज नहुने निश्चित छ ।

त्यसैगरी दशरथ रंगशालामा ३ बजेदेखि नै शुरु हुने अर्को हेभिवेट खेलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दै छन् । २५ अंकका साथ पाँचौं स्थानमा रहेको थ्रीस्टार र २४ अंकका साथ छैठौं स्थानमा रहेको आर्मी बीचको भिडन्त पनि रोमाञ्चक हुने अनुमान गरिएको छ । यो खेलको विजेतालाई शिर्ष तीनको सम्भावना पनि बढी देखिएकाले दुवै टोली निश्चित जित र तीन अंकका लागि नै भिड्ने छन् ।

साँझ ६ बजेदेखि दशरथ रंगशाला मै शुरु हुने अन्तिम खेलमा चर्च ब्वाईज युनाइटेड र सातदोबाटो युथ क्लब भिड्दै छन् । यो खेल पनि दुवै टोलीका लागि महत्वपूर्ण छ । ३० अंकका साथ दोस्रो स्थानमा रहेको चर्च ब्वाईजले आज जित निकाल्न सके शिर्ष स्थानमा कब्जा जमाउने छ । उता २६ अंकका साथ चौथो स्थानमा रहेको सातदोबाटोले भने आफु अनुकुल नतिजा निकाल्न सके शिर्ष तीनको सम्भावनालाई बलियो बनाउने छ ।

 

Post Comments