News साफका लागि माल्दिभ्स र बंगलादेशको प्रारम्भिक टोली घोषणा
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपका लागि माल्दिभ्स र बंगलादेशले आ–आफ्नो प्रारम्भिक टोली घोषणा गरेको छ । माल्दिभ्सले बुधबार मात्रै ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । इटालियन प्रशिक्षक फ्रान्सिस्को मोरिरोको प्रशिक्षकीय जिम्मेवारीमा रहेको माल्दिभ्सले २१ मईदेखि बन्द प्रशिक्षण शुरु गर्ने माल्दिभ्स फुटबल फेडरेशनले जनाएको छ ।

त्यस्तै स्पेनिस प्रशिक्षक जेभियर काब्रेराको प्रशिक्षकीय जिम्मेवारीमा रहेको बंगलादेशले पनि केही अघि मात्रै साफ च्याम्पियनसिपका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । बंगलादेशले पनि छिटै बन्द प्रशिक्षण शुरु गर्ने बताइएको छ ।

स्मरण रहोस, २१ जुनदेखि भारतको बैंगलोरमा शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपमा माल्दिभ्स र बंगलादेश एउटै समूह बी मा परेका छन् । जुन समूहमा बलियो लेबनानसँगै भुटान पनि रहेका छन् । समूह ए मा भने आयोजक भारतसँगै, नेपाल, कुवेत र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल ४ जुलाईका दिन हुनेछ ।

Post Comments