News यस्ता छन् लिगका उत्कृष्ट खेलाडीहरु
गोलनेपाल

काठमाडौं । शनिबार सम्पन्न कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको उपाधि ऐतिहासिक रुपमै पहिलोपटक मच्छिन्द्र फुटबल क्लबले जित्न सफल भयो ।

दशरथ रंगशालामा फाइनल भिडन्तका रुपमा भएको सो खेलमा मच्छिन्द्रले दावेदार आर्मीलाई १–० ले निराश तुल्याएको थियो । विजेता बनेको मच्छिन्द्रले उपाधिसहित ५० लाख हात पार्यो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक मनाङ मस्र्याङ्दी क्लबका दिप कार्की चुनिए । उत्कृष्ट डिफेन्डर थ्रीस्टारका अनन्त तामाङ बन्दा उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका बिशाल राई बी घोषित भए ।

उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास बन्दा उत्कृष्ट प्रशिक्षक भने मच्छिन्द्रका प्रवेश कटुवाल चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १ लाख ५० हजार हात पारे ।

त्यस्तै उत्कृष्ट युवा खेलाडी भने न्युरोडटिम (एनआरटी) का दर्शन गुरुङ बने । उनले त्यसवापत नगद १ लाख हात पारे ।

 

 

Post Comments