News दोस्रो नेपा युथ खुला फुटसल प्रतियोगिता हुने
गोलनेपाल

काठमाडौं । नेपा युथ क्लब, टोखाको आयोजनामा यही आउँदो जेठ २७ र २८ गतेका दिन दोस्रो नेपा युथ खुला फुटसल प्रतियोगिता हुने भएको छ । त्यसका लागि आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुलाई जेठ २५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । र, टिमदर्ता शुल्क ४ हजार तोकिएको छ । साथै एक हजार अग्रिम बुझाउनु पर्नेछ र टिमले सहभागिता जनाउन नसके सो एक हजार एडभान्स रकम फिर्ता नहुने पनि आयोजकले जानकारी दियो ।

टोखा–३, धनेश्वर स्थित द गेम फुटसलमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments