News 'डेब्यु' सिजन मै च्याम्पियन्स चर्च ब्वाईज
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा बढुवा भए कै सिजन चर्च ब्वाईज युनाइटेडले ऐतिहासिक लिग उपाधि जित्न सफल भएको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाईजले पुछारतिर संघर्षरत टोली थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एक खेल अगावै लिग च्याम्पियन्स बनेको हो ।

मंगलबार चर्च ब्वाईजलाई लिग उपाधि जित्न एक अंक मात्र आवश्यक थियो । त्यसमा टोली सफल पनि भयो । गत वर्ष मात्र बी डिभिजन लिग च्याम्पियन भएर शिर्ष डिभिजनमा बढुवा भएको चर्च ब्वाईजले डेब्यु ए डिभिजन लिग जित्न पनि सफल भयो ।

यो नतिजापछि २५ खेलबाट ४५ अंक जोडेको लिग विजेता चर्च ब्वाईज शिर्ष स्थानमा छ । उता बराबरी खेलेको थ्रीस्टार भने २९ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १२औं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली खुमलटार भन्दा २ अंकले मात्र अगाडी छ । र पूर्व विजेता थ्रीस्टारमाथि रेलिगेशनको डर पनि कायम छ ।

Post Comments