News सिद्धार्थलाई यु–१६ कपको उपाधि
गोलनेपाल

बराहक्षेत्र । यहाँ सम्पन्न यु–१६ कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सिद्धार्थ एमईबी स्कुल, कालाबञ्जरले जितेको छ । फाइनलमा संगम एफसीलाई टाईब्रेकरमा हराउँदै सिद्धार्थ च्याम्पियन बनेको हो ।

बराहक्षेत्र–३, खोरिया स्थित स्थानीय खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने सिद्धार्थले संगममाथि ५–४ को जित निकाल्दै उपाधि जित्न सफल भयो ।

खोरिया फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा भएको प्रतियोगिताको विजेता बनेको सिद्धार्थले उपाधिसहित नगद १० हजार हात पार्यो भने उपविजेता संगमले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

 

Post Comments