झापा । शुरुवाती गोल खाएर पनि लिग च्याम्पियन मच्छिन्द्र क्लब झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको अन्तिम क्वाटरफाइनल भिडन्तमा गोर्खा ब्वाइज क्लब, रुपन्देहीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
मच्छिन्द्रले सेमिफाइनलमा अर्को दावेदार नेपाल आमीृ क्लबको सामना गर्नेछ । स्मरण रहोस, मच्छिन्द्रले लिग भिडन्तमा पनि निर्णायक मानिएको खेलमा आर्मीलाई हराउँदै ए डिभिजन लिग जित्न सफल भएको थियो ।
खेलमा शुरुवाती अग्रता गोर्खा ब्वाईजले लिएको थियो । १६औं मिनटमा ओलाकेजीको पासमा काजिमले सनसनीपूर्ण रुपमा गोल गरेका थिए ।
यद्यपि २५औँ मिनेटमा रञ्जित धिमालको कर्नर प्रहारलाई विदेशी खेलाडी आन्द्रेस निअले गोलमा परिणत गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
उता गोर्खा ब्वाईजका सरोज योञ्जनले बक्स भित्र ह्यामण्डबल गरेपछि मच्छिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ३३औँ मिनेटमा बिमल घर्ती मगरले गोलमा परिणत गर्न सफल भए । जुन गोल निर्णायक पनि बन्यो ।
बुधबारको खेलमा मछिन्द्रका विमल घर्तीमगर म्यान अफ द म्याच घोषित भए । पुरस्कार वापत उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो सेमिफाइनल खेल आयोजक सतासीधाम स्पोर्टिङ क्लब, झापा र थ्री स्टार क्लबबीच हुनेछ । क्वार्टर फाइनलमा आयोजकले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको हो भने थ्री स्टारले बेलबारी फुटबल क्लब मोरङलाई पराजित गरेको थियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन ११ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा