News बिजय युथसँग झापाको फराकिलो हार
गोलनेपाल

नवलपुर । पछिल्लो समय यता घरेलु फुटबलमा लय गुमाएको झापा–११ ले जारी पाँचौं राइनो संरक्षण गोल्डकपमा फराकिलो हारको सामना गरेको छ ।

बुधबार मध्यविन्दु–२ कोल्हुवा नवलपुर स्थित राइनो मिनी स्टेडियममा भएको प्रिक्वाटरफाइनलतर्फ झापाले बिजय युथ, हेटौडासँग १–६ को फराकिलो हार बेहोरेको हो ।

बिजय युथको जितमा हमजत एक्लैले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै हिसुब थपलिया र एलिस तामाङले थप एक–एक गोल गरे । उता पराजित झापाका लागि रोमन भुजेलले एक मात्र सान्त्वना गोल फर्काए ।

राइनो क्लब, मध्यविन्दु–४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि फागुन १४ गतेका दिन हुनेछ ।

Post Comments