News बिष्णु एण्ड मञ्जा गुरुङ खुल्ला रनिङ शिल्ड साउन पहिलो सातादेखि
गोलनेपाल

मध्यनेपाल । जिताकोट गोल्डेन फ्युचर युवा क्लब, मध्यनेपाल नगरपालिका–१, जिता, लमजुङको आयोजनामा आउँदो साउन २ गतेदेखि बिष्णु बहादुर गुरुङ एण्ड मञ्जा बहादुर गुरुङ खुल्ला रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।

सर्वनन्दन माविको खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता साउन १ गतेसम्म खुला गरिएको आयोजकले जानकारी दियो । साथै टिमदर्ता शुल्क ७५००+१००० तोकिएको पनि आयोजकले जनाएको छ ।

साउने संक्रान्तीको अवसर पारी हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments