News जिटी कप खुला फुटसल हुने
गोलनेपाल

किर्तिपुर । जिटी फुटबल एकेडेमी, किर्तिपुरको आयोजनामा यही साउन २० गते जिटी कप खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि साउन १८ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो ।

त्यस्तै टिमदर्ता शुल्क ५ हजार तोकिएको छ भने किर्तिपुरका स्थानीय खेलाडीहरुका लागि टिमदर्ता शुल्क ४५ सय तोकिएको छ । साथै प्रतियोगितामा बढीमा ३२ टोलीहरुको सहभागिता रहने पनि आयोजकले जनाएको छ । खेलतालिका साउन १८ गते नै प्रकाशित गर्ने पनि आयोजकले जानकारी दियो ।

किर्तिपुर स्थित इलिट फुटसलमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments