News नवलपरासीबाट १६ खेलाडीहरु छनौट
सुरज राना मगर

सुनवल । नेपालको यु–१६ फुटबल टोली तयार पार्न एन्फाले निर्देशन दिएबमोजिम देशव्यापी छनौट कार्यक्रम अन्तरगत नवलपरासी जिल्लामा पनि छनौट कार्यक्रम सम्पन्न भएको छ ।

सुनवल–१ स्थित बनाहा खेलमैदान र बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा भएको तीन दिने छनौट कार्यक्रममा जिल्लाभरिबाट कुल २२३ बाल खेलाडीहरुले सहभागिता जनाएको प्रशिक्षक जित बहादुर पुनले बताए । त्यसमध्येबाट उत्कृष्ट १६ खेलाडीहरुलाई दोस्रो चरणका लागि छनौट गरिएको पनि प्रशिक्षक पुनले बताए ।

पहिलो चरणको जिल्लास्तरीय छनौट कार्यक्रम पश्चात् दोस्रो चरण अन्तरगत लुम्बिनी प्रदेशस्तरीय छनौट कार्यक्रम यही साउन ६ र ७ गतेका दिन दाङमा हुनेछ ।

स्मरण रहोस, आगामी भदौ १५ देखि २५ गतेसम्म भुटानमा साफ यु–१६ च्याम्पियनसिप हुँदैछ । एन्फाले त्यसकै लागि देशव्यापी रुपमा खुला छनौट कार्यक्रम आयोजना गरेको हो ।

छनौटमा परेका खेलाडीहरुको नामावलीः

Post Comments