News एन आई एशिया फुटसल कप २०२३ आयोजना हुँदै
गोलनेपाल

कर्मचारीहरुका लागि बैंक अफ फष्ट चोइस बन्ने दीर्घकालीन लक्ष्य लिँदै गतिशील रुपमा अगाडि बढिरहेको एन आई सी एशिया बैंकले आफ्ना कर्मचारीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा प्रोत्साहन गराउने उद्देश्यअनुरुप एन आई सी एशिया फुटसल कप २०२३ आयोजना गर्ने भएको छ ।

बैंकले आफ्ना विभिन्न विभाग तथा प्रादेशिक तहका महिला तथा पुरुष कर्मचारीहरुका विभिन्न टिम निर्माण गरी फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

यसअनुसार २०८० भाद्र २ गते प्रादेशिक तहमा बागमति प्रदेशको काठमाडौं, कोशी प्रदेशको बिराटचोक, मधेश प्रदेशको बर्दिबास, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटबल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा विभिन्न टिमहरुबीच प्रतियोगात्मक खेलहरु सम्पन्न हुने छन् । साथै, प्रत्येक प्रदेशबाट छानिएका बिजेता टिमहरुले भाद्र ९ गते ।।।एन आई सी एशिया फुटसल कप २०२३’को उपाधि चुम्नका लागि काठमाडौंको धन्यन्तरी फुटसल मैदानमा फाइनल खेलहरु खेल्नेछन् ।

राष्ट्रिय तहमा अन्तर बैंक टिमहरुबीच सम्पन्न हुन लागेको यस प्रतियोगितामा ४३ भन्दा धेरै विभागहरु, ४५ भन्दा धेरै उप—प्रादेशिक कार्यालय र ७ भन्दा धेरै प्रादेशिक कार्यालयहरुको सहभागिता रहनेछ । नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि विजेता र उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा इभेन्ट पार्टनरहरुबाट आकर्षक पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजकबैंककाप्रतिनिधिलेबताए।त्यसगैरी,उत्कृष्टखेलाडी,उत्कृष्टकिपररउच्चस्कोर प्राप्तगनर्लेाईपनिआकर्षकपुरस्कारप्रदानगरिनेछ।यसप्रतियोगितालेकर्मचारीहरुमानयाँ जोश, जाँगर र सहकार्यको भावना जगाई कर्मचारीहरुबीच सकारात्मक सम्बन्ध अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

साथै, यस खालका खेलकुद कार्यक्रमहरूको आयोजना र सहभागिताले कर्मचारीहरूमा नेतृत्व कौशल प्रदर्शन र विकास गर्ने अवसर प्रदान समेत गर्नेछ । गोलनेपाल यस प्रतियोगिताको आधिकारिक वेब तथा कभरेज पार्टनरका रुपमा रहेको छ ।

Post Comments