News थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

धनगढी । खेलको अन्तिम दश मिनट भित्र दुई गोल गर्दै रुस्लान थ्रीस्टार क्लब जारी नेपाल आइस चौथो सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो क्वाटरफाइनलमा थ्रीस्टारले नव जन जागृति युवा क्लब, सिमरालाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । थ्रीस्टारले दुवै गोल खेलको अन्तिमतिर गर्यो ।

धनगढी रंगशालामा भएको खेलको ८०औं मिनटमा सन्जोक राईले थ्रीस्टारका लागि पहिलो गोल गरे भने लगतै ८२औं मिनटमा आशिष राईले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

खेलमा थ्रीस्टारका कप्तान बिक्रम लामा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन १५ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख १ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि फागुन २० गतेका दिन हुनेछ ।

 

Post Comments