News चीन जाने महिला राष्ट्रिय फुटबल टोलीको घोषणा
गोलनेपाल

चीन भ्रमणमा जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अन्तिम नामावली आइतबार सार्वजनिक गरिएको छ । टोलीका मुख्य प्रशिक्षक हरि खड्काले २२ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका हुन् ।

ओलम्पिक छनौट तथा साफ च्याम्पियनसिप २०१८ को तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली २६ अक्टुबरका दिन बैदेशिक प्रशिक्षण तथा अभ्यासका लागि चीनतर्फ प्रस्थान गर्दैछ । साथै नेपाली टोली त्यतैबाट ओलम्पिक छनौट खेलन नोभेम्बर १ तारीखका दिन म्यानमारतर्फ प्रस्थान गर्नेछ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोली

गोलकिपर्स : एन्जिला तुम्बापो सुब्बा, रुपा राना मगर, लिला लामगादे

डिफेन्डर्स : गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, रन्जना दर्जी, हिरा कुमारी भुजेल, कबिता धिमाल, मनमाया लिम्बु, मेनुका गिरी

मिडफिल्डर्स : रेनुका नगरकोटी, दिपा राई, इन्दिरा राई, बिमला चौधरी, दिपा अधिकारी, अनिता बस्नेत, दिपा न्यौपाने

फरवार्डस् : बित्रा भण्डारी, निरु थापा, शर्मिला थापा, अनिता केसी

माथिको यो स्क्वाडबाट पाँच खेलाडीहरु चीनको अभ्यास भ्रमण पश्चात् स्वदेश फर्किने छन् । त्यस्तै हाल भुटानमा रहेका नेपाल यु–१८ टोलीका पाँच महिला फुटबलरहरु राष्ट्रिय टोलीमा सामेल हुनेछ ।

टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का छन् भने प्रशिक्षकमा मृगेन्द्र प्रसाद मिश्र रहेका छन् । त्यस्तै टिम व्यवस्थापकमा कमला हिराचन थकाली रहेकी छिन् ।

Post Comments