News गार्डेनलाई ढल्के जोवन ३५+ कपको उपाधि
उमेश पुन

पोखरा । ढल्के जोवन ३५+ कप सिक्स ए साईड नकआउट फुटसल प्रतियोगिताको उपाधि गार्डेन एफसीले जित्न सफल भएको छ । स्पोर्टस क्यासलमा भएको फाइनलमा गार्डेनले फन्की बिन्सलाई ४–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

प्रतियोगिताको विजेता बनेको गार्डेनले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता फन्की बिन्सले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

गार्डेनका बिकास गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै गण्डकी स्पोर्टसले फेयर प्ले पुरस्कार हात पार्यो । दुई दिने प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments