News एएफसी यु–२३ एसियन कप छनौट शुरु, बलिया टोलीहरुको जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अर्को वर्ष कतारमा हुन गईरहेको एएफसी यु–२३ एसियन कप छनौटका खेलहरु विभिन्न एसियाली राष्ट्रहरुमा शुरु भएका छन् । छनौट प्रतियोगिताका पहिलो दिन अधिकांश बलिया टोलीहरुले जित हात पारेका छन् ।

समूह ए तर्फ ओमानले सिरियालाई २–० ले हराउँदा आयोजक जोर्डनले ब्रुनेईमाथि ९–० को फराकिलो जित दर्ता गर्यो । समूह बी तर्फ म्यानमार र किर्गिस्तानले १–१ को बराबरी खेल्दा कतारले घरेलु टोली दक्षिण कोरियालाई २–० ले निराश तुल्याये ।

समूह सी तर्फ यमनले सिंगापुरलाई ३–० ले हराउँदा आयोजक भियतनामले गुआममाथि ६–० को सहज जित निकाल्यो । त्यस्तै समूह डी तर्फ प्यालेस्टाइनले घरेलु टोली बहराईनलाई १–० ले हराउँदा जापानले पाकिस्तानमाथि ६–० को जित दर्ता गर्यो ।

समूह ई मा इरानले हङकङलाई ३–० ले पराजित गर्यो भने आयोजक उज्वेकिस्तानले अफगानिस्तानलाई ८–१ ले पराजित गर्यो । समूह एफमा इराकले मकाउमाथि १३–० को फराकिलो जित हात पार्दा आयोजक कुवेतले टिमोर लिस्टेलाई ४–० ले हरायो ।

समूह जी तर्फ भने आयोजक चीन र युएईले गोलरहित बराबरी खेले । अर्को खेल भने भारत र माल्दिभ्सबीच हुने भनिए तापनि अन्तिम समयमा आएर माल्दिभ्सले नखेल्ने भएपछि सो खेल रद्द गरिएको थियो ।

समूह एचतर्फ मलेसियाले बंगलादेशलाई २–० ले हरायो । सोही समूहको अर्को खेलमा आयोजक थाइल्याण्डले फिलिपिन्समाथि ५–० को प्रभावशाली जित निकाल्यो । त्यस्तै समूह आई तर्फ अष्ट्रेलियाले लाओसमाथि ७–१ को जित दर्ता गर्यो ।

समूह जै तर्फ कम्बोडिया र लेबनानले २–२ गोलको बराबरी खेल्दा आयोजक साउदी अरेबियाले मंगोलियालाई ३–१ ले हरायो । त्यस्तै समूह के तर्फको एक मात्र खेलमा तुर्कमेनिस्तानले चाइनिज ताइपेईलाई ४–० ले पराजित गर्यो ।

स्मरण रहोस, छनौट प्रतियोगिता अन्तरगत प्रत्येक समूहको शिर्ष टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने चार टोलीहरु अर्को वर्ष कतारमा हुने एएफसी यु–२३ एसियन कपका लागि छनौट हुनेछ ।

Post Comments