News म्यानमार र नेपालको बराबरी
गोलनेपाल

काठमाडौं । फिफा विन्डोतर्फ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न म्यानमार पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोली विरुद्धको पहिलो मैत्रीपूर्ण खेल बराबरी खेलेको छ ।

म्यानमारको राजधानी यांगोन शहर स्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल र म्यानमारले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा चुकचुकाउनु परेको थियो ।

खेलको दोस्रो हाफमा नेपालले निश्चित गोलको अवसर गुमाउन पुग्यो । नेपालले पाएको पेनाल्टीलाई अन्जन बिष्टले सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी प्रहार म्यानमारका गोलरक्षकले विफल तुल्याइदिएका थिए ।

खेल अवधिभर दुवै टोलीले गोलका प्रयास निरन्तर गरे तापनि सफल भएनन् ।  नेपालले म्यानमार विरुद्धको दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ११ तारीख सोमबारका दिन खेल्नेछ ।

Post Comments