News जिलेस्पी र हिसुबको डेब्यु
गोलनेपाल

काठमाडौं । शुक्रबार भएको म्यानमार विरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा नेपालका लागि जिलेस्पी जंग कार्की र हिसुब थपलियाले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका दुवैको शुक्रबारको खेलमा प्रदर्शन भने औषत रह्यो ।

जिलेस्पीले म्यानमार विरुद्ध पहिलो रोजाई मै रहेर खेल्ने अवसर पाए पनि उनले पाएको अवसरलाई त्यति सदुपयोग गर्न सकेनन् । खेलको अन्तिमतिर जिलेस्पीको स्थानमा नवयुग श्रेष्ठ मैदानमा प्रवेश गरेका थिए ।

त्यस्तै अर्का उदाउँदा स्टार सिहुब थपलियाले शुरुवातबाटै खेल्ने अवसर नपाए पनि खेलको अन्तिमतिर नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गर्न सफल भए । हिसुब म्यानमार विरुद्धको खेलमा अन्तिमतिर अन्जन बिष्टको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

स्मरण रहोस, गत सिजन ए डिभिजन लिगमा आर्मीका लागि जिलेस्पी र जावलाखेलका लागि हिसुबले उत्कृष्ट प्रदर्शन गरेपछि उनीहरु राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनिसको नजरमा परेका थिए ।

राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका अझै केही खेलाडीहरुले आउँदो सोमबार हुने म्यानमार विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा डेब्यु गर्न सक्ने सम्भावना रहेको छ ।

Post Comments