News भण्डारढिकमा तीज कप शुरू
उमेश पुन

पोखरा । भण्डारढिक टोल विकास संस्था पोखराको आयोजनामा आज देखी तीज कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता पोखरा–२९ स्थित भण्डारढिक रंगशालामा सुरू भएको छ । उद्घाटन खेलमा आयोजक भण्डारढिक सि ले अराघना एफ सी लाई २-० ले पराजित गर्यो ।

त्यसैगरी दोस्रो खेलमा बि-१३ ले नैलो तारा लाई ४-० ले पराजित गर्दै अर्को चरणमा प्रवेश गर्यो ।तेस्रो खेलमा गन्नी एफ सीले एन जि वाई सिलाई ३-२ ले पराजित गर्यो ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिका वाड नं २९ का अध्यक्ष श्री प्रसाद गुरूङले रेफ्रीलाई बल हस्तान्तरण गर्दै सुरू गरेका थिए । कुल ४२ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई पनि नगद ४–४ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । त्यसबाहेक प्रतियोगिता आयोजना कै अवसर पारी ठेला प्रतियोगिता, घैंटो फुटाई प्रतियोगिता, तीज गीत तथा नृत्य प्रतियोगिता लगायतका साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि आयोजना गरिने आयोजकले जानकारी दियो ।

Post Comments