News गोलनेपालकर्मी पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार
गोलनेपाल

पोखरा । नेपाली फुटबलमा फरक र सफल पहिचान बनाएको सहारा क्लब, पोखराले वार्षिक प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस वर्ष गोलनेपालका वरिष्ठ खेल तथा फोटो पत्रकार उमेश पुनलाई पुरष्कृत गर्ने भएको छ ।

प्रतिभा छनौट समितिले गरेको सिफारिसको आधारमा भदौं २१ गते क्लबको बैठकले सो निर्णयलाई अनुमोदन गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

सहारा क्लबले आफ्नो २५औं स्थापना दिवसको अवसर पारी पुनलाई शनिबार सम्मान गर्न लागेको हो । पुनले सम्मानपत्रसहित नगद २५,५५५ रुपैयाँ पनि प्राप्त गर्नेछन् ।

बिगत एक दशकभन्दा बढी समयदेखि खेलकुद पत्रकारितामा सक्रिय रहेका पुनले दर्जनौं छापा तथा अनलाईन सञ्चारमाध्यमहरुमा काम गरिसकेका छन् ।

स्मरण रहोस, कास्की जिल्लालाई कर्मथलो बनाई लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय रहेका एक पत्रकारले सहारा क्लबले वार्षिक रुपमा सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।

 

Post Comments