News सराईलाई तीज विशेष झडेवा कपको उपाधि
सुरज राना मगर

माथागढी । झडेवा फुटबल क्लब, माथागढी–४, झडेवा, पाल्पाको आयोजनामा भएको तीज विशेष झडेवा कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सराई फुटबल क्लबले जितेको छ ।

झडेवा फुटबल मैदानमा उपाधि भिडन्तमा सराईले आयोजक झडेवा फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको सराईले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता झडेवाले १२ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

माथागढी गाउँपालिका र वार्ड नम्बर ४ गाउँ कार्यपालिका कार्यलयको विशेष सहयोगमा भएको प्रतियोगितामा कुल ११ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments