News फाइनलमा वडा नम्बर १३ र १४ भिड्ने
गोलनेपाल

काठमाडौँ । यहाँ जारी प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नं १३ र वडा नं १४ बीच हुने भएको छ । लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा खेलमा वडा नं १४ ले वडा नं ४ लाई १–० ले हरायो ।

सो खेलमा आरोन खड्काले निर्णायक गोल गरे । आरोन नै म्यान अफ दि म्याच घोषित भए । अर्को सेमिफाइनलमा वडा नं १३ ले वडा नं २६ लाई २–० ले पराजित गर्यो । सो खेलमा दुवै गोल वडा १३ क आसिस कपालीले गरे । आसिस नै म्यान अफ दि म्याच चुनिए ।

फाइनल खेल बुधबार बिहान १० बजे हुनेछ । नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

Post Comments