News फुटबल प्रशिक्षक प्रवेश कटुवाललाई मातृशोक
गोलनेपाल

 काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ । 

कटुवालकी आमा ईन्द्रमाया कटुवालको ६५ वर्षको उमेरमा आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । दिवंगत इन्द्रमाया मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् ।

वि.सं. २०१५ सालमा जन्मिएकी ईन्द्रमायाका प्रवेश र गणेश गरी दुई छोरा, एक छोरी र श्रीमान छन् । एक छोरीकोे पहिल्यै निधन भइसकेको जनाइएको छ । कटुवाल परिवार स्थायी बसोबास बिर्तामोड–१० सैनिक बजारमा रहेको छ ।
 
Post Comments