News
आठौं गैरा कप असोज अन्तिम सातादेखि
सिरानचोक । विजयादशमीको अवसर पारी श्री हिमाली तमु युवा क्लब, सिरानचोक–६, गैरा गाउँको आयोजनामा यही असोज २८ गतेदेखि आठौं गैरा कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
सिरानचोक–६ स्थित गौरा खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । असोज २८ गतेसम्म नै दिनको १ बजेसम्म टिमदर्ता गर्न सकिने आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ६५००+१००० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । १० हजार सान्त्वना पुरस्कार पनि राखिएको आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन