News सिलिंक, नागस्वती, एनआरटी र बगरभाई खलक क्वाटरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । सिलिंक भेट्रान्स एफसी, आयोजक नागस्वती भेट्रान्स क्लब, बगरभाई खलक भेट्रान्स र एनआरटी भेट्रान्स यहाँ जारी दोस्रो नागस्वती कप राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

हेटौडा–७, नागस्वती स्थित नवज्योति खेलमैदानमा भएको प्रिक्वाटरफाइनल खेलहरुतर्फ सिलिंकले पशुपति भेट्रान्सलाई १–० ले हरायो । अर्को खेलमा आयोजक नागस्वतीले हेटौडा भेट्रान्सलाई ३–० ले निराश बनायो ।

तेस्रो खेलमा एनआरटीले वेस्ट चितवन भेट्रान्सलाई ३–१ ले पराजित गर्दा बगरभाई खलकले बिरगंज भेट्रान्सलाई ६–० ले हरायो । प्रतियोगिता अन्तरगत असोज १८ गते बिहीबारदेखि क्वाटरफाइनल खेलहरु शुरु हुने आयोजकले जानकारी दियो ।

नागस्वती भेट्रान्स क्लब, हेटौडा–७, नागस्वतीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज २० गतेका दिन हुनेछ ।

Post Comments