News आर्मी फरवार्ड राजिव गुरुङको पदोन्नती
गोलनेपाल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड राजिव गुरुङको सेनामा पदोन्नती भएको छ । उनको पदोन्नतीबारे त्रिभुवन आर्मी फुटबल क्लबले पनि आधिकारिक रुपमा जानकारी गराएको छ ।

आर्मीका अनुसार राजिवलाई जमदार पदमा बढुवा गरिएको हो । वि.सं. २०७१ सालदेखि आर्मीका लागि नियमित सदस्य भई फुटबलमा सक्रिय रहेका गुरुङले आर्मीका लागि धेरै सफलता र उपाधि पनि हात पारिसकेका छन् ।

क्लबमा उनको योगदान र सेवाको उच्च मुल्यांकन र कदरसहित उनलाई बढुवा गरिएको आर्मी क्लबले जनाएको छ । राजिवले आर्मीमा आवद्ध हुनु अघि न्युरोडटिम (एनआरी) र संकटा क्लबका लागि पनि खेलेका थिए ।

उता बढुवा भएपछि गुरुङले पनि खुशी व्यक्त गरे । सेनामा सबैको साथ र समर्थनले आफू यो ठाउँसम्म आइपुगेको बताउँदै उनले यो बढुवाले आफुलाई देश र टोलीका लागि अझै केही गर्न हौसला मिलेको प्रतिक्रिया समेत दिए ।

Post Comments