News मोर्डन सेकेण्डरी र लक्ष्मी सामुदायिकको जित
गोलनेपाल

गोरखा । गोरखा मेयर युवा फुटबल विकास परियोजना अन्तरगत जारी नवौं ओसन कप यु–१३ अन्तरविद्यालय लिग फुटबल प्रतियोगिता अन्तरगत दोस्रो साताको खेलतर्फ शुक्रबार मोर्डन सेकेण्डरी इङलिस बोर्डिङ स्कुल र लक्ष्मी सामुदायिक शिक्षा सदनले जित हात पारेका छन् ।

स्व. इमान बहादुर स्मृति खेलमैदानमा भएको दिनको पहिलो खेलमा मोर्डन सेकेण्डरीले सुर्यमुखी बोर्डिङ स्कुललाई ५–० ले हरायो । मोर्डनको जितमा विकेस सिर्मलले दुई गोल गरे भने युजल थापा मगर, सुशन गुरुङ र एलोज गुरुङले एक–एक गोल गरे ।

दोस्रो खेलमा लक्ष्मी सामुदायिकले नवज्योति माविलाई १–० ले हरायो । लक्ष्मी सामुदायिकको जितमा सुबित गुरुङले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै तेस्रो खेलमा द ओल्ड क्यापिटल मावि र द ओसन क्लबले १–१ गोलको बराबरी खेले । खेलमा द ओल्ड क्यापिटलका लागि विपन गुरुङले गोल गरे भने द ओसनका लागि जिवन रिमालले पेनाल्टीबाट गोल गरेका थिए ।

प्रतियोगिता अन्तरगत शनिबार पनि पाँच खेलहरु हुने आयोजक द ओसन क्लब, गोरखाका सचिव सविन खत्रीले जानकारी दिए ।

युथ फुटबललाई प्रवद्र्धन गर्ने उद्देश्इका साथ जारी लिग प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ हजार हात पार्नेछ भने उपविजेताले ३ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै प्लेट फाइनल जित्ने टोलीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ भने प्रतियोगिता अवधिभर प्रत्येक टोलीलाई म्याच मनीको पनि व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताए ।

Post Comments