News पुलिसलाई सर्लाहीमा पनि सफलता
गोलनेपाल

बागमती । शनिबार पोखराको आहा! रारा गोल्डकपमा जित हात पारेको नेपाल पुलिस क्लबले सोही दिन सर्लाहीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगितामा पनि सफलता हासिल गरेको छ ।

प्रिक्वाटरफाइनलतर्फको खेलमा पुलिसले नव जनजागृति युवा क्लब, सिमरालाई १–० को साँघुरो अन्तरले हरायो । साथै यो जितसँगै पुलिस क्वाटरफाइनलमा समेत प्रवेश गर्न सफल भयो ।

बागमति नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा भएको खेलमा पुलिसका लागि खेलको अन्तिमतिर ८२औं मिनटमा राम वजीले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने पुलिसका रबिन श्रेष्ठ घोषित भए ।

फागुन २५ गते आइतबारको खेल जावलाखेल युथ क्लब र एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ । बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत्र २ गतेका दिन हुनेछ ।

Post Comments