News ३१औं त्रिवेणी कपको तयारी शुरु, विजेताले ८ लाख पाउने
गोलनेपाल

बेसिशहर । त्रिवेणी युवा क्लब, बेसिशहर–७, त्रिवेणीटोल, लमजुङको आयोजनामा हुने मोफसल कै पुरानो र प्रतिष्ठित मध्ये एक ३१औं त्रिवेणी कप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी शुरु भएको छ ।

बेसिशहर, लमजुङ स्थित त्रिवेणी खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि आउँदो पौष ८ गतेसम्म खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २० हजार तोकिएको पनि आयोजकले जनाएको छ ।

राष्ट्रियस्तरका क्लब र खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही १–१ लाख प्रदान गरिने आयोजकले जानकारी दियो । त्यस्तै विधागतर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको आयोजना मिति र अन्य जानकारी विस्तृत रुपमा छिटै पत्रकार सम्मेलन गरी जानकारी गराईने पनि आयोजकले जानकारी दियो ।

Post Comments