News विवाह बन्धनमा बाँधिइन अन्जना
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित गोलरक्षक अन्जन राना मगर विवाह बन्धनमा बाँधिएकी छिन् । अन्जनाले भक्तपुर निवासी आफ्नो प्रेमी अविरल लामासँगको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् ।

विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टोलीमा आफूलाई महत्वपूर्ण सदस्यका रुपमा उभ्याईसकेकी अन्जनाले टोलीमा आफ्नो खुबी पनि देखाईसकेकी छिन् । अन्जनाले व्यवसायीक फुटबल भने विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेल्दै आएकी छिन् ।

Post Comments