News फेका कप बिहीबारदेखि शुरु हुँदै
गोलनेपाल

काठमाडौं । वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा २४ टिमले नकआउट पद्धतिमा प्रतिस्पर्धा गर्ने फेकाका सह–सचिव एवं कार्यक्रम संयोजक राजु दाहालले जानकारी दिए ।

शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ का साथै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फर्वाड र प्रशिक्षकलाई ट्रफी प्रदान गरिने छ । पुस १ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मूलपानी चौर खेल मैदानमा हुनेछ ।

Post Comments