News सन्जिव निर्णायक बन्दा लिगलिडर बन्यो पोखरा
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ अपराजित रहेको पोखरा थन्डर्सले बुधबार लिगको दोस्रो जित दर्ता गर्दै लिगतालिकाको शिर्ष स्थानमा कब्जा जमएको छ ।

दशरथ रंगशालामा भएको एक मात्र खेलमा पोखराले स्र्पोटिङ इलाम एफसीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो र आफ्नो खातामा महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

खेलको ४७औं मिनटमा सन्जिव बिष्टले गरेको एक मात्र गोल पोखरालाई साँघुरो जित दिलाउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता सन्जिव विष्ट नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

यो जितसँगै ४ खेलबाट ८ अंक जोडेको पोखरा शिर्ष स्थानमा उक्लेको छ । र दोस्रो स्थानको टोली धनगढी भन्दा एक अंकले अगाडी छ । यद्यपि धनगढीले एक खेल कम पनि खेलेको छ । उता पराजित इलाम भने ३ अंकका साथ सातौं स्थानमा छ ।

Post Comments