News
एमसीएफसी कप फुटसल हुँदै
काठमाडौं । एमसी एफसीको आयोजनामा यही पुस २२ गतेका दिन एमसीएफसी कप एक दिने फुटसल प्रतियोगिता हुने भएको छ । गोपीकृष्ण स्थित हाम्रो फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ ।
टिमदर्ता शुल्क २००० तोकिएको छ भने डिपोजिट वापत नगद ५०० बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो । त्यस्तै रातो कार्ड वापत ३०० र पहेंलो कार्ड वापत २०० जरिवानाको नियम पनि गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि